१ भदौ २०८३, सोमबार

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ


संसद् बैठकअघि सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन् । आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन् ।

प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन सभामुखले प्रधनमन्त्रीलाई रुलिङ गरेका हुन् । उनले प्रतिपक्ष दलको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभा बैठकमा उपस्थित भई नियम ५६, ५७ र ५८, ५९ र ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन निर्देशन दिएका हुन् । त्यसपछि प्रतिपक्षी सांसद आफ्नो आसनमा बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !