काठमाडौं । काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई आज शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । बराल काठमाडौं विश्वविद्यालयकोे मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन् । उनी काठमाडौं विश्वविद्यालयकोेमै पढेर उपकुलपति हुने पहिलो हुन् ।
उपकुलपति सिफारिस समितिले प्रा. डा. बराल सहित प्रा.डा. बालचन्द्र लुइँटेल, र प्रा. डा. राजेन्द्र जोशीको नाम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेको थियो।









