२८ श्रावण २०८३, बिहिबार

नेपाल फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत


नेपाल फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनी आज बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

गत वर्ष भदौ २४ मा जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि श्रीमती आरजु राणा देउवासहित सिंगापुर गएका थिए। उनी साढे पाँच महिनापछि नेपाल आएका हुन् ।

उनको स्वागतका लागि नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरूको विमास्थलमा भिड लागेको छ । देउवा पनि गाडीबाट हात हल्लाउँदै, खादामाला ग्रहण गरिरहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !