२८ श्रावण २०८३, बिहिबार

किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै प्रहरी परिसरमा पत्रकारको धर्ना


किशोर श्रेष्ठको तत्काल रिहाइको माग गर्दै प्रहरी परिसरमा पत्रकारको धर्ना

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारहरु आन्दोलित बनेका छन्। ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर उनलाई पक्राउ गरिएको हो। श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौँ प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !