ललितपुर । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा एकाबिहानै प्रहरीले छापा मारेको छ । जनआस्थाका प्रधान-सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा छापा मार्न पुगेको हो ।
जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ । जनआस्था साप्ताहिकमा केही डकुमेन्टहरुको खोजीको लागि प्रहरी कार्यालयमा पुगेको हो ।
यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली घर पुगेर छापा मारेको थियो । नेपाल पत्रकार महासंघलगायतका पत्रकारका संस्थाहरुले मध्यराति नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए । प्रहरीको टोली आज बिहानै श्रेष्ठको कार्यालय पुगेको हो ।
व्यक्तिगत गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउअघि उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।









