२७ श्रावण २०८३, बुधबार

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङबाट नेपाल प्रस्थान


पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङबाट नेपाल प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङबाट नेपाल प्रस्थान गरेका छन् । लामो समयको विदेश बसाइपछि हिजो बुधबार नेपालका लागि प्रस्थान गरेका हुन् ।

उपचारका क्रममा करिब पाँच महिनादेखि विदेशमा रहेका देउवा हङकङबाट नेपाल फर्किन लागेका हुन् ।देउवा उपचारका लागि लामो समय सिंगापुर र हङकङमा बसेका थिए ।

देउवा हिजो हङकङबाट नेपालका लागि प्रस्थान गरेको उनका निकट नेताहरूले बताएका छन् । देउवा लामो समयदेखि विदेशमा रहेकाले उनको स्वदेश फर्काइलाई नेपाली कांग्रेसभित्र पनि चासोका साथ हेरिएको छ ।

कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किन लागेका हुन् । यसअघि जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि समेत आक्रमण भएपछि केही समय नेपालमै उपचार गराएपछि देउवा र उनकी पत्नी आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !