काठमाडौं । जनआस्थाका पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । ललितपुरको कुसुन्तीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको घिमिरेले जानकारी दिए । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
प्रहरीका अनुसार सप्तरी-३ अमरकान्त चौधरीको उजुरीको आधारमा पक्राउ गरिएको हो । केहीदिन अघि श्रेष्ठले सासद चौधरीसङ्ग एक युवतीको तस्वीर सार्वजनिक गरेका थिए ।









