२७ श्रावण २०८३, बुधबार

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ


नारायणप्रसाद दाहाल

काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बुधबारको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय निरन्तर उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन् ।

पछिल्लो समय बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको र सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै सांसदहरूले सरकारको आलोचना गर्दै आएका थिए। अध्यक्षको यो रुलिङसँगै अब सरकारले ग्यास आपूर्तिको अवस्था र बजार अनुगमनका बारेमा सदनलाई जानकारी गराउनुका साथै आपूर्ति सहज बनाउन ठोस कदम चाल्नुपर्नेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !