२७ श्रावण २०८३, बुधबार

भेरी नदीमा जिप खस्यो : २ जना बेपत्ता, २ जना घाइते


भेरी नदीमा जिप खस्यो

सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका—१ बाङ्गिरह नजिकै जिप दुर्घटना भएर भेरी नदीमा खसेको छ । छिन्चु जाजरकोट सडकखण्ड अन्तर्गत भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार लु १ ज ३०२२ नम्बरको ४ जना सवार जीपमा २ जना नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गाडी चालक र गाडी मालिक रहेका छन् ।

यस्तै, बनगाड कुपिण्डे नगरपालिका—१, का २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् । उनीहरू दुवै जना नदीमा पौडी खेलेर बाहिर निस्किन सफल भएका थिए ।

छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट ५० मिटर तल नदीमा खसेको थियो । उक्त जिप बालुवासङ्ग्रीबाट सल्लीबजार फर्किँदै गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !