काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगपति शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले आज मंगलबार गोल्सासँग एक करोड धरौटी माग गरेको हो ।
न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो।
यसअघि गोल्छासँग जिल्ला अदालत काठमाडौंले पनि बिमा सम्बन्धित कसुरमा ७५ लाख रुपैयाँ र धितो पत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी एक करोड धरौटी माग गरेको थियो ।









