२५ श्रावण २०८३, सोमबार

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत


प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ विचार गरियोस’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा उक्त विधेयक प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सोे प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

यसअघि, छलफलमा सांसदहरु रीना उप्रेती, लीमा अधिकारी आचार्य,कृष्णहरि बुढाथोकी, गंगालक्ष्मी अवाल, जनकसिंह धामी, कालीबहादुर शाह, माधवबहादुर थापा, कमल सुवेदी, प्रमीलाकुमारी गछदार, पारशमणि गेलाल, पार्वती विक, निराशा चौधरी दगौरा, यशोधाकुमारी बराल, साजिदा खातुन सिद्धिकीले भाग लिदै आफ्नो धारणा, जिज्ञसा तथा सुझाव राखेका थिए ।

  छलफलमा उठेका जिज्ञासामा मन्त्री गौतमले जनताले तिरेको करको सदुपयोग गर्न र दोहोरो सुविधा लिन नपाउने विषय भएको १३ आयोगका ६५ पदाधिकारी धेरैजसो पेन्सन खाने भएकाले तलब लिदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताए ।

  संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको जनाउँदै काम गरेबापत पारिश्रामिक लिने तर एकद्धारा प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो । उहाँले दफारबार छलफलमा थप सुझाव आउने भएकाले अझ वृहत छलफल हुने विश्वास गरे । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !