फाइल फोटो काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एकदिवसीय टिमको नयाँ कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आज एकदिवसीय क्रिकेटको कप्तान नियुक्त गरेको हो ।
क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको कप्तान नियुक्त गरेको हो । क्यानले प्रिमियर कपका लागि टोली घोषणा गर्दै सोमबार लामिछानेलाई कप्तान नियुक्त गरेको हो ।
लामिछानेको कप्तानी टोलीमा आशिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी र हेमन्त धामी छन् ।
सन्दीप ४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका हुन् । सन् २०२२ मा कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि कप्तानबाट हटाइएको थियो ।
आउँदो अगष्ट ३० देखि मलेसियामा एसीसी प्रिमियर कप हुँदै छ । सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्नेछन् । ट्वान्टी–२० को कप्तानमा भने दीपेन्द्रसिंह ऐरी यथावत् छन् ।








