काठमाडौं । प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङवीचको भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच छलफल भएको हो ।
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङवीच शिष्टाचार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।








