२३ श्रावण २०८३, शनिबार

सरकारले बाटो बिरायो भने कान समाउन सक्ने क्षमता रास्वपामा छ : सभापति लामिछाने


रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले चार महिनामा छनक दिनुपर्ने भएपनि कमजोरी भएको स्वीकार गरेका छन् । युवा उद्यमी मञ्चको २४औँ वार्षिक साधारणसभाको सम्बोधन गर्दै उनले सरकारले बाटो बिरायो भने कान समाउन सक्ने क्षमता रास्वपामा भेओ स्पष्ट पारेका छन् ।

“सरकार र पार्टीमा केही गडबड भयो कि ? झगडा पनि पर्‍यो कि भन्ने र्‍युमर आउँछन् नपत्याउनुहोला,” उनले भने, “सरकारलाई चार महिनामै मूल्यांकन गर्न मिल्दैन तर छनक चाहिँ दिन सक्नुपर्थ्यो ।”

उनले सरकारले बाचा र लक्ष्यअनुसार काम गर्नुपर्ने बताए । उनले लिकभन्दा बाहिर रह्यो भने लिकमा ल्याएर सरकार हिडाउँने काम आफूहरुको रहेको बताए ।

उनले पछिल्लो दिनमा निजी क्षेत्रका व्यक्तित्वहरु आत्तिएको बताउँदै सरकारले अन्य अपराधजस्तो गरी डराउन दिन नहुने बताए । उनले सोही मञ्चबाटै सरकारलाई यस्तो काम नगर्न सुझाव पनि दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु