काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा. आशिष गोविन्द अमात्य र नेपाल फार्मेसी परिषद्का रजिस्टार डा. हरिशसिंह थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । आजै उनीहरूले कार्यभार सम्हाले । मन्त्रिपरिषद्को हालैको बैठकले डा. अमात्य र थापालाई नियुक्त गरेको हो ।













