२१ श्रावण २०८३, बिहिबार

छुटेर विराटनगर पुगेका अभिषेक गिरी विमानस्थलबाटै पक्राउ


अभिषेक गिरी

काठमाडौं । अभिषेक गिरीलाई प्रहरीले बिहीबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ गरेको छ । बुद्ध एयरको बिमानमार्फत काठमाडौंबाट साँझ ७:०५ बजे विराटनगर ओर्लिएलगत्तै उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी रकम बुझाएर बिहीबार छुटेलगत्तै मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आपराधिक लाभको आरोपमा काठमाडौंमा पक्राउ गरेर विराटनगर ल्याइएको प्रहरीले बताएको छ ।

गिरीविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाउन अदालतबाट पूर्वअनुमति (पक्राउ पुर्जी) लिइसकिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिएका छन् ।

विराटनगर महानगरपालिका-८ मधुमाराका ४८ वर्षीय गिरीलाई यसअघि निर्माण व्यवसायी सुभाष श्रेष्ठलाई २१ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा गत असार २३ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । सो मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !