१९ श्रावण २०८३, मंगलबार

कप्तानगञ्ज घटना : गृहमन्त्री नआउँदासम्म मृतकका आफन्तले शव बुझ्न मानेनन्


कप्तानगञ्ज घटना : गृहमन्त्री नआउँदासम्म मृतकका आफन्तले शव बुझ्न मानेनन्

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा आज मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएका रवीन्द्र मेहेताको परिवारका सदस्य र आफन्तले गृहमन्त्री सुधन गुरुङ नआउँदासम्म शव बुझ्न मानेका छैनन् ।

अस्पतालको आइसीयूअगाडि बसेर उनीहरुले गृहमन्त्री आउनुपर्ने, सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । अहिलेसम्म कसैलाई गिरफ्तार नगरिएको, छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको, गोली चलाउने कसैलाई पनि निलम्बन नगरिएको, राज्यले केवल सम्झौता गरी घटनालाई मत्थर पार्न खोजेको आफन्तहरूले आरोप लगाएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !