काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजेबाट छलफल सुरु भएको थियो ।
आज भएको छलफलमा समसामयिक राजनीतिक विषय तथा सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित विषयमा केन्द्रित भएको बताइएको छ । प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल रहेका छन् ।













