१९ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलवीच भेटवार्ता


प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलवीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलवीच भेटवार्ता भएको छ । आज मंगलबार बिहान ११ बजेअघि प्रधानमन्त्री शाहलाई भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।

विश्वको भू-राजनीतिको नेपालमा असर र तराई-मधेश आन्दोलनपछि चर्कंदै गएको अवस्थामा अकस्मात् प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलवीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

११ बजेपछि सूदुरपश्चिमका सांसदहरूसँग छलफल तय भइसकेकाले भेटवार्ता छोटो भएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ । पछिल्लो समय देशको तराई क्षेत्रमा दुई समुदायवीच विवाद देखिएको थियो ।

तराईमा देखिएको प्रदर्शनलाई लिएर गतसाता राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने यस विषयमा आफूलाई जानकारी नभएको र नियमित भेटघाट भएको हुनसक्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !