१९ श्रावण २०८३, मंगलबार

सुनसरी घटनाका घाइते मेहेताको काठमाडौंमा उपचारका क्रममा मृत्यु


रवीन्द्र मेहेता

काठमाडौं । सुनसरी घटनाका थप एक जना घाइतेको मृत्यु भएको छ । सुनसरीको कप्तानगन्ज घटनाका अर्का एकजना घाइत रवीन्द्र मेहेताको आज मृत्यु भएको हो ।

२२ वर्षीय मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार अर्का एक जना घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ ।

हिन्दू र मुस्लिम दुई पक्षबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा यसअघि सोही स्थानका दुई युवाको मृत्यु भएको थियो । कप्तानगन्ज घटनामा मेहतासँगै मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । अर्का एक युवाको सिरहामा प्रहरीकै गोली लागेर मृत्यु भएको थियो ।

सिरहाको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो । रवीन्द्रको मृत्युसँग मधेश आन्दोलनमा मृत्यु हुनेको संख्‍या ४ पुगेको हो ।‌


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !