काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । परराष्ट्रका सहसचिव भट्टराईलाई १५ वर्षअघिको नक्कली शरणार्थी प्रकरणमा पक्राउ गरिएको हो ।
उनका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराईविरुद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।
मुद्दा दायर हुँदा उनी उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो । सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराईलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा बुझाएको छ ।













