१६ श्रावण २०८३, शनिबार

गोलबजार घटना : गणेश यादवका परिवारलाई १० लाख प्रदान गरिने


गणेश यादव

काठमाडौँ । सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई रु १० लाख राहत उपलब्ध गराइने भएको छ ।

गृह मन्त्रालयका अनुसार यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ । उनको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !