१५ श्रावण २०८३, शुक्रबार

पासपोर्ट छपाइ प्रकरणमा १० अर्ब बिगो दाबी गरिएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा


पासपोर्ट छपाइ प्रकरणमा १० अर्ब बिगो दाबी गरिएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा

काठमाडौं । प्रधानमन्त्री सूर्यबहादुर थापाका नाति तथा काँग्रेस नेता सुनीलबहादुर थापाका छोरा सिद्धार्थ थापा साधारण तारिखमा रिहा भएका छन् । विशेष अदालतले पासपोर्ट ठेक्का भ्रष्टाचारमा मुछिएका थापालाई साधारण तारिखमा रिहा गरेको हो ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि थापालाई साधारण तारिखमा छाड्न आदेश दिएको हो ।

थापाका विरुद्ध प्रहरीले गैरकानुनी लाभहानी अन्तर्गत १० अर्ब १३ करोड ४ लाख ६१ हजार रूपैयाँ बिगो दाबी गरेतापनि विशेष अदालतले सामान्य धरौटी पनि नलिई साधारण तारेखमा छोडेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु