सिरहा । सिरहा झडपमा गोली लागेर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । सिरहाको गोलबजारमा गोली लागेर गम्भीर घाइते भएका एकजनाको आज मृत्यु भएको हो ।
हिजो बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनको शव हालसम्म सडकमा नै छ ।
त्यस्तै, गोली नै लागेर एकजना घाइते भएका छन् । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको बरालले जानकारी दिए ।
अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।













