१३ श्रावण २०८३, बुधबार

रास्वपाकाे वरिष्ठ नेतामा बालेन शाह मनोनीत


वालेन्द्र शाह

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे वरिष्ठ नेतामा वालेन्द्र (बालेन) शाह मनोनीत भएका छन् । आज बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनाेनीत गरेकाे हाे ।

सभापति रवि लामिछानेले गरेको सुरूकै प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गर्दै बालेनलाई वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको हो । फागुन २१ गतेको निर्वाचनअघि बालेन समूह रास्वपामा समाहित भएपछि वरिष्ठ नेताको पद खडा गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !