१३ श्रावण २०८३, बुधबार

९ विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति


मन्त्रिपरिषद बैठक

काठमाडौँ । सरकारले विभिन्न विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । आजको मन्त्रिपरिषद बैठकले ९ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकपछि सरकार प्रवक्ता सम्मित पोखरेलले विभिन्न विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए। मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,सङ्क्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेस गर्न स्वीकृति दिएको छ ।

यी हुन् विधेयकहरु

१. संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धीलाई संशोधन गर्न बनेको विधेयक

२. खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक

३. संक्रामक पशु रोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

४. राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक

५. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक

६. बाल श्रम निषेध तथा नियमितसम्बन्धी विधेयक

७. आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

८. मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक

९. कर्मचारी सञ्चय कोष २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !