१३ श्रावण २०८३, बुधबार

रविले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ


प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा जारी भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी भएनन् । सुनसरी घटनाको विषयलगायत समसामयिक विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि सरकारको आलोचना भइरहेको छ । तराई-मधेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । तर, सोही विषयमा छलफल गर्न बसेको बैठकमा बिहान ९ बजेसाम्म सरकारका तर्फबाट मुख्य जिम्मेवार मन्त्रीहरूको अनुपस्थिति रहेका छन् ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु सहभागी भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु