१३ श्रावण २०८३, बुधबार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ‘अस्वस्थ’, भर्ना भए अस्पताल


डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक्कासी अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्री भट्टराई अस्वस्थ भएपछि एक्कासी अस्पताल भर्ना भएका हुन् ।

उनकी छोरी मानुषी यमी भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत दिएको जानकारी अनुसार चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई हिजो मंगलबार बेलुका धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । उनमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगोको लक्षण देखिएको बताएका छन् ।

मानुषीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै अन्य सबै स्वास्थ्य परीक्षण रिपोर्टहरू सामान्य रहेको बताएकी छन् । अहिले डा. भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनले जानकारी दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु