sarbadaliya-baithak-singhdurbar.jpg
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ ।
बैठकमा नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचीव शंकर पोखरेल र नेपाली कमयुनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका छन् ।
यस्तै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका नेताहरु सिंहदरबार पुगेका छन् ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा रास्वपा सभापति लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।













