११ श्रावण २०८३, सोमबार

सुनसरी घटनापछि कोशी प्रदेशको डीआईजीमा शेखर खनाल


शेखर खनाल

काठमाडौँ। कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी डीआईजी जिम्मेवारी शेखर खनाललाई दिइएको छ । गृहमन्त्री सुधन गुरुङले सोमबार खनाललाई कोशी प्रदेशमा पठाउने निर्णय गरेका हुन् ।

सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँ कार्यरत डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ । खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई त्यहाँबाट हटाइएको छ । सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी ईश्वरीप्रसाद अर्याललाई दिइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !