८ श्रावण २०८३, शुक्रबार

स्वकीय सचिव नियुक्तिमा रास्वपाको कडाइ : नातागोता र आफन्तलाई ‘नो इन्ट्री’


सदनमा २० मिनेट बसेर बाहिरिए प्रधानमन्त्री बालेन

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वकीय सचिव नियुक्तिमा कडाई गरेको छ । पार्टी महामन्त्री विपिन कुमार आचार्यले निर्देशन जारी गर्दै स्वकीय सचिव नियुक्तिमा मापदण्ड तोकेरै नातागोतालाई निषेध गरिने जनाएका छन् ।

अब पार्टीका सांसदहरूले परिवारका सदस्य वा नजिकका आफन्तलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरिएको हो । सरकारले संघीय संसद्का सदस्य (सांसद)हरूले शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि रास्वपाले त्यसका लागि मापदण्ड तोकेको हो ।

राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोगलाई सुनिश्चित गर्दै स्वकीय सचिव नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको महासचिव आचार्यले बताएका छन् ।

स्वकीय सचिवको छनोट सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गरिनुपर्ने, एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई नियुक्त गर्न नपाइने, पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्नेलगायत मापदण्ड तय गरिएको निर्देशनमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !