७ श्रावण २०८३, बिहिबार

गगनले बनाए गोपालमान श्रेष्ठलाई काँग्रेसको वरिष्ठ नेता


गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएका छन् । आज बिहीबार काठमाडौं भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन् ।

सभापति थापाले आगामी १२ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी अहिले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय भएको बताए । श्रेष्ठ काँग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेका थिए ।

नेता श्रेष्ठ हाल उपचाररत रहेका छन् । उनी क्यान्सर रोगबाट पिडित छन् । हाल नेपालमा उपचाररत श्रेष्ठको केही समय अघि भारतमा समेत उपचार भएको थियो ।

पूर्व सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय कार्य गरेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति, उपसभापति लगायका पदीय भूमिकामा समेत थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !