७ श्रावण २०८३, बिहिबार

भारतपछि चीन भ्रमण जाने तयारीमा जुटे रवि लामिछाने


रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । लामिछाने अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो ।

रास्वपानिकट स्रोतका अनुसार, सबै तयारी पूरा नभइसकेकाले भ्रमण दलमा को को रहनेछन् भनेर खुलाइएको छैन । रविको भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत नै चिनियाँ पक्षसँग संवाद भइरहेको छ ।

नेपालको दुईतिहाइ बहुमत प्राप्त पार्टीको नेतृत्वको हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीले दिएको निमन्त्रणा चीन जान लागेका हुन् । चीनको उच्च तहमा भेट हुने भनिए तापनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी र पार्टीका उच्च नेतासँग भेट हुने निश्चित छ ।

उच्चस्तरीय राजनीतिक भेटवार्ता हुन्छ भन्नेमा लामिछानेको टिम विश्वस्त छ । भ्रमण पाँच दिनको हुने बताइएको छ । लामिछाने यसअघि भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीको निमन्त्रणमा त्यहाँको भ्रमण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !