६ श्रावण २०८३, बुधबार

गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन


गणेश नेपालीको परिवार र सरकारवीच ९ बुँदे सहमति

काठमाडौँ । सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन एक न्यायिक समिति गठन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा सो समिति गठन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनाको गम्भीरतालाई हेरेर छानबिनका लागि न्यायिक समिति बनाइएको जानकारी दिए । समितिले घटनाको कारण र वास्तविकता पत्ता लगाएर सरकारलाई प्रतिवेदन बुझाउने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !