५ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री शाहले पुँजीबजार र बिमा क्षेत्रका सरोकारवालासँग भेट गर्दै


वालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्याह्न १२ः०० बजे पुँजीबजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग विशेष छलफल गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ सहभागी हुँदै छन् । यस्तै प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेल पनि बैठकमा सहभागी हुने कार्यक्रम छ ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयासहरू र समग्र राष्ट्रिय अर्थतन्त्रका विभिन्न समसामयिक विषयहरूमा केन्द्रित रहेर सरोकारवालासँग छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !