चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठक्कर खाँदा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहानैदेखि सञ्चालनमा आएको सडक उक्त दुर्घटनाका कारण पुनः ठप्प हुन पुगेको हो । सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।
आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि यात्रुहरू वीच बाटोमै अलपत्र परेका छन्। सडक डिभिजन भरतपुरले दिएको जानकारी अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ।













