३ श्रावण २०८३, आइतबार

पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग


बिपी राजमार्ग

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन सुचारु भएको छ । पहिरो पन्छाएपछि बीपी राजमार्गमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।

बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको थियो ।

आइतबार बिहान अन्दाजी ४:३० बजे काभ्रेको रोशी गाउँपालिका-७ घुमाउने, रोशी-८ गिम्दी र रोशी-९ बिरुवा डाँडा र पिनथलीमा सडक माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो भने पहिरो पन्छाएपछि आज बिहान ७:४० बजेदेखि सवारी आवागमन जारी रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !