काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ । पाण्डेकाे शुक्रबार ८७ वर्षको उमेरमा निधन भएकाे हाे ।
पाण्डे २०३६ सालको जनमत संग्रहका बेला शासकहरुले जथाभावी खर्च गर्न खोजेपछि अर्थसचिवबाट राजीनामा दिएका थिए । अध्ययन अनुसन्धानमा सक्रिय पाण्डे २०४६ सालको जनआन्दोलनका बेला नागरिक समाजको तर्फबाट अगुवाइ गरेका थिए ।
२०४७ सालमा बनेको अन्तरिम सरकारमा उनी अर्थमन्त्री भएका थिए । पाण्डे २०६२/०६३ को नागरिक आन्दोलनका अगुवा, अर्थराजनीतिक चिन्तक र लोकतान्त्रिक आन्दोलनका योद्धा थिए ।













