१ श्रावण २०८३, शुक्रबार

विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश


एमाले उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले शुक्रबार उनलाई साधारण तारेखमा रिहा गर्न आज शुक्रबार आदेश गरेका हुन्।

शुक्रबार थुनछेक बहसपछि अदालतले उनलाई मुद्दाको पुर्पक्षको लागी पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेको हो। अदालतले पौडेललाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने सरकार पक्षको मागलाई अस्वीकार गरेको हाे ।

व्यवसायी दीपक भट्ट लगायतलाई गैरकानुनी सम्पत्ति लुकाउन एवं छल्ने वातावरण बनाएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले मतियारका रूपमा पौडेलसहित ६ जना र १० प्रालिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विभागले पौडेलविरूद्ध २० करोड ९० लाख बिगो मागदाबी लिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !