काठमाडौं । संविधान संशोधन बहस पत्र कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । संविधान संशोधन बहसपत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज बिहीबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको छ ।
सरकारले गत चैत १६ गते उक्त कार्यदल गठन गरेअघि चैत १३ गते सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीमा ‘देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्ने’ भनिएको थियो ।
कार्यदलले चैत २५ गतेदेखि काम सुरु गरेर दोस्रो पटक थपिएको म्याद भित्र बिहीबार आफ्नो जिम्मेवारी पूरा गरी प्रतिवेदन बुझाएको जनाएको छ । प्रतिवेदनमा प्राप्त सुझावलाई विभिन्न २० वटा विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारांशसहितको प्रतिवेदन तयार गरिएको कार्यदलले भनेको छ ।













