काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । आज बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् ।
उत्पादित गोलभेंडाले उचित बजार मूल्य नपाएको विरोध र बिचौलिया हटाउन माग गर्दै किसानहरूले आज गोलभेंडा फालेर विरोध गरेका हुन् । प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा किसानहरु भेला भएका थिए ।
किसानहरूले ‘कृषि विमा लागू गर, गोलभेंडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य कायम गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर’ लगायत लेखेको प्लाकार्डसहित प्रदर्शन गरेका हुन् ।













