३१ असार २०८३, बुधबार

रौतहटमा एक युवाले गरे आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौं पठाइयो


आत्मदाह

जनकपुर । रौतहटमा पेट्रोल छर्केर एक युवकले आत्मदाहको प्रयास गरेका छन् । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका गौतमकुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।

हिजो मंगलबार राति करिब १ बजे २८ वर्षीय सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ ।

घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो । प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । घाइते सहनीलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !