काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाँणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो ।
जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाँणलाई ‘ठगी र सङ्गठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै सजाय सुनाएको हो ।
उनलाई फरक-फरक मुद्दामा फरक फरक सजाय निर्धारण गरिएको छ । ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना निर्धारण गरिएको छ ।
खाणले यस फैसला उपर उच्च अदालत र सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो अझै खुला छ । यदि माथिल्लो अदालतले उनलाई ‘निर्दोष’ ठहर गरेमा मात्र उनको राजनीतिक जीवन पुनः जीवित हुन सक्छ ।













