काठमाडौंं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने करिब २० मिनेट बसेर सदनबाट बाहिरिएका छन् । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाकी सांसद खुस्बु ओलीले बोल्दै गर्दा अकस्मात् प्रवेश गरेका थिए ।
उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए भने दिउँसो १ बजेर ५७ मिनेटसम्म २० मिनेट बसेर प्रधानमन्त्री शाह र सभापति लामिछाने सदनबाट बाहिरिएका हुन् ।
बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन । गत जेठ १७ गते संसद् बैठकमा सम्बोधन गरेयता प्रधानमन्त्री बालेन सदनमा पुगेका थिएनन् ।













