२९ असार २०८३, सोमबार

राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ : गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बृहत् बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले गाडी तेर्साउन आएकाहरू सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको उल्लेख गरे । सुकुम्वासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यो व्यवहार गरेको बताए ।

उनले सुकुम्वासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रष्ट पार्दै कानुनले दिएको निकास नखोजेर सरकार आफैँले समस्या सिर्जना गरेको उल्लेख गरे । सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नुपर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको उनको भनाइ छ ।

सभापति थापाले २०८३ साउन ६ गते पार्टीको जरा अभियान सम्पन्न भएलगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !