काठमाडौं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ । उपचारको क्रममा शुक्रबार मृत्यु भएका नेपालीको आज सोमबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि नेपालीले आत्मदाहको प्रयास गरेका थिए । आत्मदाहको प्रयास गरेको भोलिपल्ट असार २५ गते उपचारको क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएको हो ।
नेपालीको परिवारसँग सरकारले हिजो मात्र ९ बुँदे सहमति गरेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबिच सहमति भएको थियो ।













