२८ असार २०८३, आइतबार

गणेश नेपाली आत्मदाह प्रकरणमा सोधपुछका लागि बोलाइएका सबै छुटे


गणेश नेपाली आत्मदाह प्रकरणमा सोधपुछका लागि बोलाइएका सबै छुटे

काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपाली घटनामा सोधपुछका लागि बोलाइएका सबै जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईलाई सबै जनालाई शुक्रबारै छाडिएको बताए ।

महानगर प्रहरीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्वीललक लगाएको विषयमा विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए भने उपचारको क्रममा भोलिपल्ट शुक्रबार उनको वीर अस्पतालमा मृत्यु भएको थियो ।

गणेशको मोटरसाइकलमा ह्वील लक लगाउने नगर प्रहरीमाथि कुनै जाहेरी नपरेपछि छुटेकी छन् । जिल्ला प्रहरी परिसर, भद्रकालीले ती महिलासहित महानगर प्रहरीका पाँचजनालाई शुक्रबार सोधपुछका लागि कार्यालयमा झिकाएकोमा नेपालीको निधन भएपछि प्रहरीले तीमध्ये तीन जनालाई नियन्त्रणमा लिएको थियोे ।

प्रहरीका अनुसार उनीहरू घटना विवरण बुझ्नका लागि बोलाइएकोमा आवश्यक परेको समयमा उपस्थित हुने गरी घर पठाइएको हो । यद्यपि मृतकको परिवारले आत्महत्या दुरुत्साहन मुद्दामा कुनै जाहेरी वा निवेदन दिएमा अनुसन्धान हुने प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !