काठमाडौं । काठमाडौंको बुद्धनगरमा आज शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए ।
आज शनिबार बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो ।









