काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आफ्नै घरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय अश्विनकुमार राउतले व्यवसाय टाट पल्टिएपछि निराश भएर आत्मदाह प्रयास गरेको अनुमान गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि र दिब्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै राउत आएका छन् । उक्त कम्पनीले नदी किनारामा प्रयोग हुने तार जाली (ग्याभिन) को उत्पादन र चीनबाट होम अपिलियन्स (फ्रीज, पंखाजस्ता सामान)आयातको व्यापार व्यवसाय धराशायी भएपछि केही महिनादेखि उनी निराश थिए ।













