२६ असार २०८३, शुक्रबार

गणेश नेपालीको मृत्यु प्रकरणमा तीन जना नगर प्रहरी पक्राउ


पक्राउ

काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीनैजना काठमाडौं महानगरका नगर प्रहरीहरू हुन् ।

दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले नगर प्रहरीसँग अहिले सोधपुछ गरिरहेको छ । उनीहरूलाई अहिले कालीमाटी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि दिउँसो साढे १ बजे आफ्नै शरीरमा आगो लगाउँदा मुगुका गणेश नेपाली गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।

बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र पछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !